असार ५, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनले पार्न थालेको असरविरुद्ध जुझ्न साझा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित साउथ एसियन क्लाइमेट एक्सन कन्फ्रेन्सलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनले पारेको प्रभाव कम गर्न उच्च स्तरीय एजेण्डा तयार पार्नु पर्ने बताए ।

उनले भने ‘ जलवायु परिवर्तनका लागि साझा समस्याहरूको राम्रो समाधान खोज्न यो साझा प्लेटफर्म सिर्जना गर्न हामी सबैमा साझा प्रतिबद्धता आवश्यक छ, जस्का लागि उच्च स्तरीय एजेन्डा स्थापित गर्नु पर्ने मेरो सुझाव छ । ’ उपराष्ट्रपति यादवले दिगो संसार निर्माण गर्ने प्रयासका लागि वातावरणको संरक्षण प्रतिको सजगतालाई सबै राष्ट्रले ध्यान दिनु पर्ने पनि बताए ।