• २०८३ जेष्ठ २५ गते सोमवार

झुट्टा आरोपमा पक्राउ परेका सन्देश र ज्ञानेन्द्र निर्दोष साबित

पढ्न लाग्ने समय : २ मिनेट

पुस ८, काठमाडौं । बलात्कार गरेको आरोपमा ललितपुर प्रहरीले कात्तिक ३ गते पक्राउ परेका सन्देश शर्मा पोखरेल र ज्ञानेन्द्र गजुरेललाई जिल्ला अदालत ललितपुरले पुर्ण निर्दोष साबित गरि फैसला गरेको छ। एक युवतीलाई पोखरेलको कुमारीपाटीस्थित डेरामा लगेर सामूहिक बलात्कार गरेको अभियोग उनीहरुमाथि लागेको थियो ।

महानगरीय अपराध महाशाखा टेकुमा दरबन्दी भई केन्द्रीय कारागारमा कैदीहरुको सूचना संकलनमा खटिएका असई उमेश केसीले आफ्नो प्रेमिका प्रयोग गरि बलात्कारको आरोपमा उनिहरुलाई फसाउन खोजेका थिए । असइ केसीले बलात्कारको अभियोग लगाउने र मुद्दा फिर्ता लिने भन्दै मोटो रकम माग गरेको घटना सार्वजनिक भए सगै पीडित परिवारबाट मोटो रकम माग गरेको प्रमाण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पुगेपछि असई केसीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।

पीडित परिवारका अनुसार सन्देश शर्मा पोखरेल र ज्ञानेन्द्र गजुरेललाई बलात्कारको उजुरी दिन महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) उमेश केसीले युवतीलाई प्रयोग गरेका थिए ।

त्यसरी उजुरी दिने युवती असई केसीकी प्रेमिका भएको खुल्न आएको छ । असई केसीकै सल्लाहमा उनले जाहेरी दिएकी थिइन् । त्यही क्रममा असई केसीले अभियुक्तका आफन्तसँग ‘ब्ल्याकमेलिङ’ सुरु गरे । एक करोड रुपैयाँ दिए पीडितलाई ‘होस्टायल’ बनाइदिने र मुद्दा जित्ने उनको प्रलोभन थियो । त्यहीअनुसार डिल हुँदै गर्दा ६० लाख रुपैयाँमा डिल भयो । सोही अनुसार शुक्रबार केही लाख पैसा लिएर परिवारका सदस्य असईलाई भेट्न गए । तर आफुलाई फसाउन लागिएको संकेत थाहा पाएका असई केसीले पछि पैसा लिन मानेनन । घुस मागेको अडियो पहिले नै उनीहरुले रेकर्ड गरिसकेका थिए । सोही अनुसार आयोगले असई केसिलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइरहेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस