• २०८३ असार १ गते सोमवार

आज समाजवादी मोर्चा घोषणा हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं ।  संसदमा रहेका तीन र संसद बाहिरको एक सहितका चार दल मिलेर आज समाजवादी मोर्चा घोषणा गर्दै छन् । आफ्ना लक्ष्य, उद्देश्य र मुद्धाहरु समान भएको भन्दै संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र सहितका अन्य साना कम्युनिष्ट विचार सँग नजिक साना दलहरुको एउटै मोर्चा समाजवादी मोर्चाको नामबाट आज घोषणा हुन लागेको हो ।

अपरान्ह ३ बजे राष्ट्रिय सभा गृहमा हुन लागेको समाजवादी मोर्चामा माओवादी केन्द्र सहित, जनता समाजवादी दल, नेकपा (एकिकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस