• २०८३ बैशाख २१ गते सोमवार

बाग्मतीका मुख्यमन्त्री बानियाँको कार्यालय तथा घरमा छापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यालय तथा घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको थियो ।

अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको थियो । उनको हेटौँडा-५ स्थित पिपलेको घरमा विभागका चारजना कर्मचारी र तीनजना प्रहरी पुगेका थिए ।

छापामारी पछि मुख्यमन्त्री बानियाँले राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् छापा मारिएको प्रति आपत्ति जनाएका हुन् ।

यस्तै राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस