• २०८३ बैशाख ८ गते मङ्गलवार

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस