बैशाख ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । शुक्रबार बिहान ९ बजेको लागि डाकिएको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ । संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

बैठक आह्वानका लागि सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसहित कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।