साउन ३२, काठमाडौँ । नेपालका लागि नयाँ बेलायती राजदूत रब फेनले बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
![]()
उक्त अवसरमा राजदूत फेनले दुई मुलुकबीचको सरकार र जनता बीचको सम्बन्धलाई अब संरक्षण र बलियो बनाउँदै सहकार्य गर्ने बताएका थिए । निवर्तमान राजदूत निकोला पोलिट आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर फर्केपछि नयाँ राजदूतका रूपमा फेन आएका हुन् ।