• २०८३ जेष्ठ १ गते शुक्रवार

एमालेद्वारा संसदीय समिति बैठक बहिस्कार

खबर24 नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३२, काठमाडौं । नेकपा एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको छ । सिंहदरबारमा बसेको बैठकमा आफूहरुको माग अनुसार समिति सभापति चयन नभएको भन्दै एमालले बैठक बहिस्कार गरेको हो ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै यसअघि बैठक बहिस्कारको चेतावनी दिएको एमालेका सांसद आजको समिति बैठकमै अनुपस्थित भएका हुन् । लामो समयदेखि संसद अवरुद्ध गराउँदै आएको एमालले मिनि संसद समेत मानिने संसदीय समितिको बैठक समेत बहिस्कार गर्न थालेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस