• २०८३ बैशाख १८ गते शुक्रवार

सात जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार  ३१, धादिङ । निलकण्ठ नगरपालिका-३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरूलाई नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस