• २०८३ जेष्ठ २८ गते बिहिवार

राष्ट्रपतिबाट नेपालको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, सपथ पनि सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडैं ।  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । नेपालको संविधान धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नवनियुक्त प्रधानन्यायाधीश काकीले आजै पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।

सर्वोच्च अदालत ऐन २०४८ को दफा ८ बमोजिम राष्ट्रपति पौडेलबाट राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानन्यााधीश कार्कीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस