माघ २५,सप्तरी। भरुवा बन्दुकसहित दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बिहान इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको टोलीले एक थान भरुवा बन्दुकसहित शम्भुनाथ नगरपालिका वडा नम्बर २ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डललाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।