असार १, काठमाडौं । बिहीबारको तुलनामा आज सुनको मुल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिवार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले बढेर १ लाख ११ हजार ८०० रुपैयाँमापुगेको छ ।

यस्तै, तेजावी सुनको मुल्य बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएकोमा आजमूल्य बढेर १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ । बिहिबार प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोवार भैरहेको महासंघले उल्लेख गरेको छ ।