• २०८३ जेष्ठ ३ गते आइतवार

राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दिए निवेदन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएका छन् । दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको निर्वाचन आयोगले जनाएकाे छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार शुक्रबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दल दर्ताको निवेदन दिएसँगै निवेदन दिने दलको संख्या १२ पुगेको हो । निवेदनहरुमाथि चाँडै जाँचबुझ गरिने आयोगले जनाएको छ ।

निवेदन दिनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस