• २०८३ जेष्ठ ७ गते बिहिवार

प्रतिनिधि सभा बैठक बस्दै,आजबाट विनियोजन विधेयकमाथि छलफल प्रारम्भ हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौं । बिहीबार बिहान ११ बजेपछि नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बस्न लागेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । संसद सचिवालयकामहासचिव डाक्टर भरतराजगौतमकाअनुसार बैठकमा विनियोजन विधेयक २०८० को विभिन्नशीर्षकमा छुट्याइएको चार मन्त्रालयको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूचि रहेको छ ।

संसदमा आजबाट विनियोजन विधेयक २०८० अन्र्तगतवनतथावातावरण,महिला,बालबालिका तथा जेष्ठ नागरिक,युवातथा खेलकुद र शहरी विकास मन्त्रालयकोविभिन्नशीर्षकमा छुट्याइएको बजेटमाथि छलफल सुरु हुने छ । त्यस्तै, उक्तविधेयकमाथिको छलफलको क्रममाउल्लेखितचार मन्त्रालयकाआधिकारीक सदस्यहरुले खर्च कटौतीको प्रस्ताव संसदमा पेश गर्ने कार्यसूचि समेत रहेको संसद सचिवालयले जानकारी गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस