• २०८३ जेष्ठ ३ गते आइतवार

संसदीय समितिले सुरु ग¥यो प्रस्तावित प्रन्या कार्कीको सुनुवाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३२, काठमाडौं । संसदीय सुनुवाइ समितिमाआजबाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । बुधबार उजुरीकर्तासंगको छलफलपछि आज बिहानबाट सुनुवाई समितिले प्रस्तावित कार्कीलाई सुनुवाइका लागि बोलाएको छ ।

बैठक बिहान ८ बजेपछि सिंहदरबार स्थित समितिको सभाकक्षमा सुरु भएको छ । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ वटा उजुरी गरेकामा समितिले बुधबार ७ जना उजुरीकर्तासँग एक्लाएक्लै र बाँकीसँग संयुक्त रुपमा छलफल गरेको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस