• २०८३ जेष्ठ २० गते बुधवार

एमालले थप्यो केन्द्रीय सदस्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिमा २ जना थप गरेको छ। पार्टीको सोमबार बसेको सचिवालय बैठकले नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष छाडेर एमाले प्रवेश गरेका केदार न्यौपाने र माओवादी छोडेका छक्कबहादुर लामालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए। त्यस्तै, लामा ०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर सांसद जितेका थिए। त्यसपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका उनी एमाले प्रवेश गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस