• २०८३ जेष्ठ २० गते बुधवार

भारतको ककरोच जनता पार्टीले तोक्यो तीन प्रवक्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । भारतमा सामाजिक सञ्जालबाट उदाएको ककरोच जनता पार्टीले तीन जना प्रवक्ताको नाम सार्वजनिक गरेको छ । पार्टीले नियुक्त गरिएका तीन जना प्रवक्ताले जनता र मिडियासामु आन्दोलनसँग सम्बन्धित विषयहरू प्रस्तुत गर्ने बताइएको छ ।

जानकारी अनुसार खोजी पत्रकार सौरव दासलाई मुख्य प्रवक्ता बनाइएको छ । त्यसैगरी लेखक तथा फिल्म निर्माता विजेता दहिया र भारतीय प्रौद्योगिकी संस्थान कानपुरका पूर्व विद्यार्थी आशुतोष रांका पनि प्रवक्ताको जिम्मेवारीमा रहनेछन् ।

पार्टीको भनेको छ- ‘ककरोच जनता पार्टी भारतको राजनीतिक भाषा र सोच परिवर्तन गर्न काम गरिरहेको छ, र यो काम नयाँ पुस्ताका नेताहरूको नेतृत्वमा अघि बढ्नेछ ।’

यसैबीच, पार्टीका संस्थापक अभिजित दीपकेले आफू ६ जुनमा भारत फर्किने बताएका छन् । उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा समेत गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस