• २०८३ असार १० गते बुधवार

जुम्लामा एमाले टुंगो लागयो पालिका प्रमुख / उपप्रमुख

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, जुम्ला  ।  नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख/ उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ। चन्दननाथ नगरपालिकाको प्रमुखका लागि धर्मेन्द्र रोकाया र उपमेयरमा मेनका रेग्मीलाई उम्मेदवार बनाएको एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए ।

एमालेले सबै स्थानीय तहको प्रमुख/ उपप्रमुखको उम्मेदवार टुंगो लागेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि मनोनयन दर्ता गर्ने उनले बताए ।

एमालेले पातारासी गाउँपालिका अध्यक्ष सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महतारालाई उम्मेदवार बनाउने भएको छ । गुठीचौर गाउँपालिका अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बुढा, तातोपानी गाउँपालिकामा अध्यक्ष सुरत बहादुर शाही र उपाध्यक्ष ज्वाला चौलागाई, तिला गाउँपालिकामा अध्यक्ष रेशम बहादुर शाही र उपाध्यक्षमा जुनमाया बोहरालाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

हिमा गाउँपालिकामा अध्यक्ष जयबहादुर खत्री र उपाध्यक्ष भागिरती शाही, सिंजा गाउँपालिकामा अध्यक्ष सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष मानबहादुर रोकाया र उपाध्यक्ष देविसिता बुढा (रावत) उम्मेदवार हुने तय भएको एमालेले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस