• २०८३ बैशाख ७ गते सोमवार

साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति चीन प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चीनको कुनमिङ्गमा साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने सातौँ चीन दक्षिण एशिया प्रदर्शनी र २७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उनी सोमबार अपरान्ह चीन प्रस्थान गरेका हुन् ।

उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीसहितको टोली चीन गएको छ । उनलाई प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायतले विमानस्थलबाट विदाई गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस