• २०८३ साउन १९ गते मङ्गलवार

काठमाडौंको मेयर केशव स्थापित, उपमेयर सुनिता डंगोल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै एमालेले काठमाडौंको उपमेयरमा स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गरेकी सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।डंगोल पूर्व मिस नेवा हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस