असार २९, दैलेख । एक नाले भरुवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दुल्लु नगरपालिका-१३ सिम्ली बस्ने ६३ वर्षीय पुर्ण बहादुर शाहीलाई एक नाले भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

शाहीको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुल्लुबाट र अस्थायी प्रहरी पोष्ट बिनायकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।