• २०८३ असार १२ गते शुक्रवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तिहारको अवसरमा शुभकामना सन्देश

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २६, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारका अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन । उनले सन्देशमा सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना गरेका छन्।

उनले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। ‘तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दछु’ ,उनले जारी गरेको सन्देशमा भनिएको छ।

नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको उनको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस