• २०८३ जेष्ठ २७ गते बुधवार

लेखा परिक्षण सार्वजनिक गर्न आयोगद्धारा ८२ दललाई निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २९, काठमाडौं । निर्वाचन आयोगले लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परिक्षण गरी सार्वजनिक नगरेको भन्दै आयोगले सचेत गराएको हो ।

आयोगले पार्टीको लेखा परिक्षण बेवसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालवाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको बिषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोमा आर्थिक वर्ष २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गर्ने तपसिल बमोजिमका ८२ (बयासी) राजनीतिक दललाई सोही ऐनको सोही दफाको उपदफा (५) बमोजिम आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम)का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात) दिनभित्र सो विवरण आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ ।

‘साथै आर्थिक वर्ष २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन कानुनले तोकेको समयभित्र पेस गर्ने तपसिल बमोजिमका ८२ (बयासी) राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने र तोकिएको समयावधिभित्र लेखा परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (ग) बमोजिम कारबाही भइजाने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ आयोगले भनेको छ ।

nirwachan notic1683856800.jpg

आम आदमीसहित ५ दललाई निर्वाचन आयोगद्धारा कारबाही सुरु

निर्वाचन आयोगले सोध्यो ९ दललाई स्पष्टीकरण

Sharing

प्रतिक्रिया दिनुहोस