• २०८३ असार ११ गते बिहिवार

सरकारले दियो भोली सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । वि.सं. २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल मन्त्रालय सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्धी सूचना वि.सं. २०७९ साल फागुन गते सोमवारका दिन जनयुद्ध दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने नेपाल सरकार, मन्तिरपरिषद्बाट मिति २०७९/१०/२९ गते निर्णय भएको हुँंदा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको मिति: २०७९/१०/२९ जितेन्द्र वस्नेत सहसचिव प्रवक्ता'

Sharing

प्रतिक्रिया दिनुहोस