• २०८३ जेष्ठ २९ गते शुक्रवार

सुनको भाउ स्थिर, चाँदीकाे घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

त्यसैगरी, नेपाल सुनचाँदी व्यवसाय माहासंघका अनुसार बिहीबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस