• २०८३ असार १ गते सोमवार

तार्केश्वरबाट माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २५, काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पकाउ गरेको छ । प्रहरीले गोरखा पालुङटार नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका फुटुङ घर भएका २९ वर्षीया सुस्मा तामाङलाई सोमबार पक्राउ गरेको हो ।

तामाङले १ जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस