• २०८३ जेष्ठ २० गते बुधवार

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने रास्वपाकाे निर्णय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ।

रास्वपा कार्यालय बिहीबार बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले मतदान सकिनु दुई घन्टाअघि पौडेललाई मत दिने निर्णय गरेको हाे ।

लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस