भदौ २८, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीका तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
यस्तै बैठकमा व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७५ सम्बन्धी समितको प्रतिवेदन र अध्यागमन विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
तर यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण लगातार अवरुद्ध हुँदै आएको बैठक आज पनि चल्ने सम्भावना भने न्यून रहेको छ।