• २०८३ साउन १९ गते मङ्गलवार

काठमाडौं महानगरमा आज शोक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन शुक्रबार शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको निधनमा शुक्रबार महानगरले आफू अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस