• २०८३ जेष्ठ ३० गते शनिवार

एमालेको कार्यालय च्यासलमा बाढी पस्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २३, काठमाडौँ । सोमबार रातिदेखि अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीले एमालेको केन्द्रीय कार्यालयमा क्षति पुर्‍याएको छ ।

ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

नदीको बहाव पुलमुनि थुनिँदा पानी माथितिर फर्किएको उनको बुझाइ छ । उनकाअनुसार कार्यालयमा रहेको  गार्डेन जलमग्न भएको छ । भौतिक संरचनामा कुनै क्षति नपुगेको उनले जानकारी दिए ।

भारी वर्षापछि आएको बाढीले उपत्यका नदीहरू बागमती, विष्णुमती, रूद्रमती, मनोहरा लगायत नदी किनाराका बस्तीहरू प्रभावित भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस