कात्तिक २०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

भूकम्पपछि मुलुकको परिस्थिती अनुकुल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिए ।राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते त्यसतर्फ जाने कार्यक्रम थियो। त्यसपछि उनले संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्ने र मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने तय थियो।
पौडेलको भ्रमण गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पनि स्वीकृत भइसकेको थियो।