• २०८३ जेष्ठ ३० गते शनिवार

चर्च ब्वाइज पहिलो सिजनमै ‘ए’ लिग च्याम्पियन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको च्याम्पियन बनेको छ । बाल गोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइज लिगको एक खेल बाँकी रहदै उपाधिमा कब्जा जमाएको हो ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेको चर्च ब्वाइज ‘ए’ डिभिजन लिगमा बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि बिजेता बनेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो । यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो ।

चर्च ब्वाइजले ‘बी’ लिगबाट बढुवा भएकै सिजन ’ए’ डिभिजन लिग जित्दै मनाङ मर्स्याङ्दी क्लबको मनाङले २०४३ सालमा बनाएको कीर्तिमानसँग बराबरी गरेको छ ।
चर्च ब्वाइजको यो १३ औं जित हो । चर्च ब्वाइज २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च दोस्रो स्थानको मछिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा पछि पर्नेछ ।

मछिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ । थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस