• २०८३ बैशाख ६ गते आइतवार

तारकेश्वर चिसापानीमा बाल्टिनमा डुबेर बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौं । काठमाडौं तारकेश्वरको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार तारकेश्वर नगरपालिका धर्मस्थली चिसापानीकी बालिकाको बाल्टिनमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए ।

लाक्पा तामाङकी १७ महिने छोरीको मृत्यु भएको हो । घरको कम्पाउन्डमा खेल्ने क्रममा अचानक बाल्टिनको पानीमा डुबेको एसपी रिजालले बताए । उनको शव पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस