• २०८३ जेष्ठ २२ गते शुक्रवार

धनकुटाबाट १ सय ६ केजी गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँजा बरामद गरेको छ । कोसी राजमार्गको धरान–धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

गाडी चालक भने फरार रहेको बताइएको छ । शनिबार फेला परेको उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस