• २०८३ बैशाख ३१ गते बिहिवार

राहत तथा उद्धार कार्यमा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।

निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको जानकारी दिएको छ ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

387350193_642885424704709_8926001737529526313_n

Sharing

प्रतिक्रिया दिनुहोस