मंसिर १७, दोलखा । तामाकोशी गाउँपालिका-२ झुलेस्थित डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सन्जीब सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ ।
सन्जीब समेतका सात जना शनिबार राति उक्त जंगल गएको, सन्जिबले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सन्जीब घाइते भएको र तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागि पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।