• २०८३ बैशाख ३१ गते बिहिवार

स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसँग ५ करोड ८ लाख मागदाबी (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २१, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा उनी संलग्न रहेको प्रहरी निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उनीविरुद्ध सो बिगोदाबीसहित मुद्दा दायर गरेको हो ।

यस्तै छविलाल जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४८० बिगो माग दाबी गरिएको छ । सबै प्रतिवादीबाट असुल उपर गर्नेगरी कुल १ अर्ब १९ करोड ४९ लाख २१ हजार २९० बिगो दाबी गरिएको छ ।

1234

Sharing

प्रतिक्रिया दिनुहोस