• २०८३ बैशाख २१ गते सोमवार

आज संवैधानिक परिषदको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, काठमाडौं । संवैधानिक परिषदको बैठक आज अपराह्न ५ बजे बस्दैछ । आजको बैठक सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नका लागि बस्न लागेको हो ।

 

गत मंगलबार बसेको पहिलो बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बैठक बोलाइएको हो । आगामी शनिवारदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना हुने भएपछि संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस