• २०८३ असार १७ गते बुधवार

आजको मौसम : देशका केही भागमा सामान्य बदली

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका केही भागमा सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिमपात र देशभरको तापक्रम गिरावट हुने क्रममा रहेकाले यसको असरबाट बच्च आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस