• २०८३ बैशाख ६ गते आइतवार

राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ०९, कास्की । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली प्रशिक्षणका लागि बिहीबार साँझ पोखरा आइपुगेको छ । जिल्ला फुटबल सङ्घ, कास्कीका अनुसार सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कपको छनोट चरणको खेलको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीले पोखरामा दुई साता बन्द प्रशिक्षण सञ्चालन गर्ने छ ।

पोखरा आएको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वउपमहासचिव गणेश भट्टराई, कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङसहितका जिल्ला फुटबल सङ्घका पदाधिकारीले स्वागत गरेका थिए । पोखरा आएको टोलीमा राष्ट्रिय टोलीका ३५ खेलाडी र नौ जना अफिसियलसहित ४४ जना रहेका छन । टोलीले पोखरा रङ्गशालास्थित फुटबल मैदानमा अभ्यास तथा प्रशिक्षण गर्नेछ । टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा किरण श्रेष्ठ रएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस