• २०८३ बैशाख १४ गते सोमवार

प्रहरीद्वारा अवैध लागूऔषध सहित बिभिन्न स्थानबाट १२ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २६, काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ चोकबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित मकवानपुर बज्रबाराही गाउँपालिका-६ बस्ने २५ वर्षीय अजित अधिकारी सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.३४ प ५३३४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक अजित समेत २ जनालाई पक्राउ गरेको हो ।

यस्तै मोरङ सुन्दरहरैचा नगरपालिका-७ बाट ७ केजी ९ सय ८४ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-५ डेरा गरी बस्ने धनकुटा शहिदभूमी गाउँपालिका-५ घर भएका २४ वर्षीय ईमान राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

को.१ ह ७९८५ नम्बरको सिटी सफारीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।

यसैगरी जाजरकोट, भेरी नगरपालिका-४ शान्ती चौताराबाट १ केजी अवैध लागूऔषध चरेश, ४५ हजार ५ सय भारतीय रुपैयाँ, ५ हजार नेपाली रुपैयाँ र १ थान मोबाईल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय मुस्ताबिन अहमद र बाँके नेपालगंज उपमहानगरपालिका-११ बस्ने २० वर्षीय उबेद खान रहेका छन् । भे.१ ज ९०७ नम्बरको बोलेरोलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै मकवानपुर राक्सिराङ गाउँपालिका-५ परेवा भिरस्थित सडकबाट करिब १५ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-८ बस्ने २९ वर्षीय दिल बहादुर बललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भार्ताबाट मनहरीतर्फ पदैल आउँदै गरेका उनलाई प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० भुटानदेवी मोडबाट ५ हजार ४ सय पिस नियन्त्रित लागूऔषध नाइट्राभेट ट्याब्लेट सहित ईन्द्रसरोवर गाउँपालिका-३ महादेवस्थान बस्ने २० वर्षीय मनिष ठकुरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्र.०२-०२२ प ३७२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक ठकुरीलाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, ईनरुवा नगरपालिका-४ बाट १ सय ३० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१४ बस्ने २० वर्षीय अमोद कुमार यादव समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बा.१४ च ६१४५ नम्बरको कारलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त पदार्थ फेला पारी कारमा सवार यादव समेत ५ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस