• २०८३ बैशाख ४ गते शुक्रवार

एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरेफेर गरेको छ । एमालेले उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो । बैठकले कोशी प्रदेशमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकेको छ ।

प्रदेश इन्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस