• २०८३ साउन २१ गते बिहिवार

सुन एकैदिन तोलाको आठ हजारले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ८ हजारले बढेर तोलाको २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४५७० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४७५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस