• २०८३ बैशाख ७ गते सोमवार

कृषि विकास बैंकले माग्यो १७९ जना कर्मचारी (सुचना सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौं । कृषि विकास बैंकले १७९ कर्मचारी माग गरेको छ। बैंकले शुक्रबार सूचना निकालेर स्थायी दरबन्दीका लागि कर्मचारी माग गरेको हो ।

बैंकले प्रशासनतर्फ लेखापाल सहायक ७२ जना, प्रशासनतर्फ व्यवसाय सहायक ३६ जना र प्राविधिकतर्फ ऋण सहायक ६ जना माग गरेको छ । यस्तै कर्जा अधिर्कत ९, आईटी इन्जिनियर १, कानूनी अधिकृत २, व्यवस्थापक सूचना प्रणाली अधिकृत ३, व्यवसाय अधिकृत ३८ र आईटीतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरेको छ। यस्तै वरिष्ठ लेखा अधिकृत ९सीए० ६, शाखा अधिकृत ४ र वरिष्ठ शाखा प्रमुख एकजना माग गरेको छ।

इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ। दरखास्त दिन यही जेठ १९ गतेदेखि असार ७ गतेसम्मको २१ दिनको म्याद दिइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस