• २०८३ बैशाख २६ गते शनिवार

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दल कार्यसमिति बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो।

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको चुनाव हुँदैछ । उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको पनि बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस