जेष्ठ ३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नेपालमा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा २१ ह्जार ६५३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा कोरोनाभाइरसका नौ हजार १९८ सङ्क्रमित थपिएका छन् । यस्तै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ७६७ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ ।