• २०८३ बैशाख १९ गते शनिवार

एशियन पेन्टस् नेपालद्वारा भूकम्प पीडितलाई ५० लाख सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।  गत कार्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको ५.७ म्याग्निट्युडकोे भूकम्पले मानवीय तथा भौतिक क्षति पु-याएको थियो। एशियन पेन्टस् नेपालद्वारा दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्बाट पीडित समुदायसँग ऐकबद्धता प्रकट गरेको छ ।

विपद् प्रभावित क्षेत्रमा सरकारको पुर्नस्थापना र पुर्ननिर्माणको प्रयासमा सहयोग पु-याउन र विपद्बाट पीडितहरूलाई राहत उपलब्ध गराउन एशियन पेन्टस् नेपालले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। उक्त चेक एशियन पेन्टसका कन्ट्री डाइरेक्टर जी गोपालकृष्णनले मंसिर १२ गते मंगलवार प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस