साउन १६, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले, पछिल्लो समयका भएका भ्रष्टाचार काण्डमा गृहमन्त्री नारायणकाजिको पनि संलग्न रहेको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीचको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै उनले, नक्कली भुटानी शरणार्थी, ललिता निवास , सुन प्रकरण जस्ता पछिल्लो समयको भ्रष्टाचार काण्डमा गृह मन्त्रीको स्वयम्को संलग्नता रहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार तिव्र र व्यापक रुपले बढेको छ । केहि काण्ड हेर्दा कहाली लाग्दो छ । दुःखको कुरा सबै प्रकारको भ्रष्टाचारमा राज्यको संयन्त्रको सहभागिता रहेको छ । स्वयम् गृह मन्त्री शान्ती सुरक्षा दिनुपर्ने, अपराध नियन्त्रण गर्नुपर्छ त्यही मन्त्रालय संचालन गर्ने मन्त्री भ्रष्टाचारमा संलग्न छन् ।’ उनले आफूहरुको एकता सत्ता केन्द्रित नभई सिद्धान्त केन्द्रित बनाउँन सदन र सडकको संघर्षबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्ने तर्क गरे ।
‘२०७२ देखी ७८ साल सम्म बाटो हामीले बाटो बिराएयौं त्यसको लागि आत्माआलोचना गर्न चाहन्छु पार्टीलाई ठूलो बनाउँने नाममा गलत प्रवृतिसँग सम्झौता गर्न पुगे स्वार्थी तत्वसँग साँठगाँठ गर्न पुगे ।’