• २०८३ बैशाख २५ गते शुक्रवार

नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं ।  नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३० कम्पनिका एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ४ अर्ब ७४ लाख ५५ हजार ७७ मा कारोबार भएको थियो । आज बैंकिङ र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एसवाई प्यानलको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सिटी होटलको शेयर ६.२६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंक लिमिटेडको प्रमोटर शेयर २६ करोड १८ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १८ करोड ८७ लाख कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस