• २०८३ बैशाख ८ गते मङ्गलवार

स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । प्रहरीले स्रोत नखुलेको नगद ११ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस